दैलेख : भारतको गुजरात प्रदेशको अहमदाबादबाट एक जना नेपाली तीन दिनदेखि बेपत्ता भएका छन् । भारतकै कर्नाटक राज्यको ब्याङलोर जान हिँडेका दैलेखको भैरवी गाउँपालिका–१ कोलडाडा स्थायी घर भएका रामबहादुर कार्की तीन दिनदेखि बेपत्ता भएका हुन् ।
यहीँ साउन २५ गते (आइतबार) बिहान अहमदाबाददेखी ब्याङलोर हिँडेका उनी तीन दिनदेखि बेपत्ता भएका परिवारले जनाएको छ । यात्रामा रहेका उनले बिच बाटोबाट ब्याङलोर बस्ने श्रीमतीलाई फोन गरेर गुन्डाहरूको समूहले आक्रमण गर्न खोजेको बताएका थिए ।
गण्डाको समूहले आक्रमण गर्न खोजेपछि आसामको एक जना महिलाले बचाउनुभएको भनेका कार्कीसँग हालसम्म सम्पर्क नभएको परिवारले जनाएको छ । उनको मोबाइल स्वीचअफ रहेकाले उनलाई फेला पार्नुहुनेले भारतका लागि ८४९२१०१३६ र नेपालका लागि ९८५८०५६२०३ मा खबर गरिदिनहुन परिवारले आग्रह गरेको छ ।









